Logo

बैंक / बिमा /शेयर

४० अर्बको ट्रेजरी बिल सोझै खरिद गर्दै राष्ट्र बैंक


GDP नेपाल
   ६ आश्विन २०७९, बिहिबार


नेपाल राष्ट्र बैंकले ४० अर्बको ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । बैंकले बिहीबार सूचना जारी गर्दै सोझै खरिद उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो । बैंकले बोलकबोल प्रक्रियाबाट २०७९ पुस मसान्तसम्म भुक्तानी अवधि भएको यो ट्रेजरी बिक्री गर्न चाहने बैंक तथा वित्तीय संस्थाले बिहीबार ३ बजेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

बैंकले प्राप्त आवेदनका आधारमा शुक्रबार असोज ७ गते ट्रेजरी खरिद गर्नेछ । बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएमा तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण सोझै खरिद हो । यो उपकरणको केन्द्रीय बैंकले तोकिएको दिन भित्र भुक्तानी मिति भएका ट्रेजरी बिल इच्छुक बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल माध्यमबाट खरिद गर्दछन् ।

त्यस बापतको रकमा ती बोलकर्तालाई भुक्तानी गर्ने भएकाले बैंकिङ प्रणालीमा तरलता प्रवाह हुन्छ । राष्ट्र बैंकले प्रणालीमा तरलताको चाप पर्दा यस्ता उपकरणको निरन्तर प्रयोग गर्दै आएको छ ।

प्रकाशित : ६ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह