Logo

बैंक / बिमा /शेयर

कुमारी बैंकको एक नयाँ शाखा र १० एक्सटेन्सन काउन्टर सञ्चालनमा


GDP नेपाल
   ६ आश्विन २०७९, बिहिबार


कुमारी बैंक लिमिटेडले एक नयाँ शाखासहित दश एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल तथा काउन्टर विस्तार गर्ने क्रममा बैंकले हिजो चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा सुचारु गरेको हो ।

त्यस्तै, बैंकले हिजोबाटै काठमाडौंको बल्खु वडा नम्बर १४ मा बल्खु एक्सटेन्सन काउण्टर, शंखारापुर नगरपालिका वडा नम्बर ९ मा ईन्द्रायणी एक्सटेन्सन काउण्टर,नागर्जुन नगरपालिका ३ मा गैरीगाँउ एक्सटेन्सन काउण्टर, टोखा नगरपालिका १ मा झोर एक्सटेन्सन काउण्टर तथा आरुवारी एक्सटेन्सन काउण्टर गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुवारीमा स्थापना गरेको हो ।

बैंकले मध्यपुर थिमी ९ निर्पुर नेकोसेरामा नेकोसेरा एक्सटेन्सन काउण्टर , जैसिदेवल एक्सटेन्सन काउण्टर, आरआरएम क्याम्पस एक्सटेन्सन काउण्टर जनकपुरधाम, महाराजगञ्ज एक्सटेन्सन काउण्टर र छाउनी एक्सटेन्सन काउण्ट सञ्चालनमा ल्याएको बताएको छ ।

प्रकाशित : ६ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह