Logo

बैंक / बिमा /शेयर

सिद्धार्थ क्यापिटलले डाक्यो साधारण सभा


GDP नेपाल
   ६ आश्विन २०७९, बिहिबार


सिद्धार्थ क्यापिटलले ११औं वार्षिक साधारण सभा डाकेको छ ।

सभा असोज २८ गते सभा सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल काठमाडौंमा दिउँसो ३ बजे बस्ने भएको छ । उक्त सभामा कम्पनीको आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता २५ प्रतिशत अर्थात ५ करोड कर सहित नगद लाभांश प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले लेखा परीक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात तथा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब गरी सोही अवधिको नगद प्रवाहको विवरण प्रस्तुत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने तथा अन्य छलफलहरु पारित गर्नेछ ।

प्रकाशित : ६ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह