Logo

Banner-news

बाराका दुई घ्यू उद्योगमा सिलबन्दी


GDP नेपाल
   ६ आश्विन २०७९, बिहिबार


बाराका दुई उद्योगमा सिलबन्दी गरिएको छ । बाराको फेटा गाउँपालिका २ जगतपुर टोलमा सञ्चालित दुई वटा घ्यू उत्पादन गर्ने उद्योगमा सिलबन्दी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय बारा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जबाट खटिएको संयुक्त टोलीले अनुगमनको क्रममा गहवामाई बेकरी सटिङ रिपिरिङ र जय माँ लक्ष्मी डेरी उद्योगमा गुणस्तरहिन सामाग्री भेटिएपछि सिलबन्दी गरिएको हो ।

त्यस्तै, गहवामाईले उद्योग सञ्चालनको लागि सरकारबाट इजाजत नै नलिएको समेत भेटिएको छ । अनुगमन टोलीका अनुसार दुवै उद्योगमा गुणस्तरहिन सामाग्री र सरसफाईको समस्या देखिएको छ ।

दुवै उद्योगमा रहेको तयारी घ्यू ११६१ लिटर , बेकरी १६ सय लिटर र कच्चा पदार्थ १५० लिटर बरामद गरि दुवै उद्योगमा सिलबन्दी गरिएको टोलीले जानकारी दियो ।

प्रकाशित : ६ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह