Logo

बैंक / बिमा /शेयर

सिद्धार्थ बैंकले ल्यायो ‘दशैंको बहार, क्यासब्याक उपहार’ योजना


GDP नेपाल
   ९ आश्विन २०७९, आइतबार


सिद्धार्थ बैंक लिमिटेडले दशैंको अवसरमा ग्राहकलाई लक्षित गर्दै ‘दशैंको बहार, क्यासब्याक उपहार’ योजना ल्याएको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले ल्याइएको उक्त अफर शनिवार (असोज ८ गते) देखि लागू भएको छ ।

यस योजना अन्तर्गत ग्राहकले असोज १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पीओएस अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत वा अधिकतम रू २००० क्यासब्याक पाउन सक्ने बताइएको छ । उक्त योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले हाल देशभर १९० ओटा शाखा ९४ एक्स्टेन्सन काउन्टर सहित०, ११८ शाखारहित इकाइ, १ हजार ७०० भन्दा बढी पीओएस मेशिन र २० हजार भन्दा बढी क्यूआर मर्चेन्टमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रकाशित : ९ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह