Logo

बैंक / बिमा /शेयर

एनएमबि बैंकद्वारा प्लास्टिकरहित बजारको आयोजना सम्पन्न


GDP नेपाल
   ९ आश्विन २०७९, आइतबार


एनएमबि बैंकले नेपाली बैंकिङ जगतमै पहिलोपटक प्लास्टिकरहित बजारको आयोजना सम्पन्न गरेको छ ।

स्वदेशी सीप र स्वदेशी उत्पादनको दिगो प्रवर्द्धन र प्रोत्साहन हुने गरी बैंकले शनिबार सानेपाको हेरिटेज गार्डेनमा प्लास्टिकरहित बजारको आयोजना गरेको हो। दसैँ र तिहारलाई लक्षित गरी आयोजना गरिएको सो बजारमा ६० भन्दा बढी स्टलहरू रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार बजारमा जुत्ता, लत्ताकपडा, चिया, केक, ह्यान्डिक्राफ्ट, साबुन, सर्फ, झोलालगायत दैनिक जीवनमा आवश्यक सामान क्युआर–पोसमार्फत सहुलियत मूल्यमा खरिद भएको छ ।

बैंकले हाल देशभर दुई सय एक शाखा, एक सय ३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रकाशित : ९ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह