Logo

बैंक / बिमा /शेयर

प्रभु बैंकका ग्राहकलाई केशिज रेष्टुरेन्ट एण्ड बारमा १० प्रतिशत छुट


GDP नेपाल
   ९ आश्विन २०७९, आइतबार


प्रभु बैंक लिमिटेड र ठमेल स्थित केशिज रेष्टुरेन्ट एण्ड बार प्रा.लि.बिच सम्झौता भएको छ । प्रभु बैंक र केशिज रेष्टुरेन्ट एण्ड बारबीच ग्राहकलाई विभिन्न सेवाहरुमा आकर्षक छुट उपलब्ध गराउन सम्झौता भएको हो ।

बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र केशिज रेष्टुरेन्ट एण्ड बारको तर्फबाट प्रोप्राइटर सुबोध शाक्यद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त रेष्टुरेन्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले केशिज रेष्टुरेन्ट एण्ड बार प्रा.लि.द्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत केशिज रेष्टुरेन्ट एण्ड बार प्रा.लि.मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, केशिज रेष्टुरेन्ट एण्ड बार प्रा। लि।का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुन्छ भन्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित : ९ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह