Logo

बैंक / बिमा /शेयर

भाटभटेनीमा नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक


GDP नेपाल
   १० आश्विन २०७९, सोमबार


भाटभटेनी सुपरमार्केटका ग्राहकले अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम रु. १०० सम्मको) क्यासब्याक प्राप्त गर्न सक्नेछ । क्यासब्याक अफर नेपालभरिका भाटभटेनीका शाखाहरुमा असोज ९ गतेदेखि २२ गतेसम्म उपलब्ध हुनेछ ।

डायनामिक क्यूआरका रुपमा हालै उक्त डिपार्टमेन्ट स्टोरमा उपलब्ध नेपालपे क्यूआरमा ग्राहकले आफ्नो मोबाइल बैंकिङ वा वालेट वा कनेक्ट आईपीएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्दछन् । भाटभटेनीमा नेपालपे क्यूआरको सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान सोलुसन्सको सहकार्यमा सुचारु गरिएको हो ।

चाडपर्वको समयमा देशको सबैभन्दा ठूलो रिटेल स्टोरमा लागू गरिएको उक्त अफरमार्फत नगदरहित भुक्तानीलाई थप प्रोत्साहन हुने विश्वास गरिएको छ ।

प्रकाशित : १० आश्विन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह