Logo

बैंक / बिमा /शेयर

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १२ आश्विन २०७९, बुधबार


सांग्रिला डेभलपमेन्ट बैंकले १९ हजार ७१० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनी नवराज बजगाईको नाममा रहेको १९ हजार ७१० कित्ता सेयर बिक्रीमा ल्याएको हो । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बुधबारबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय बालुवाटार, काठमाडौमा के कति कित्ता खरिद गर्ने सो को व्यहोरा खुलाई निवेदन पेश गर्नुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

प्रकाशित : १२ आश्विन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह