Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंकले डाक्यो साधारण सभा


GDP नेपाल
   १३ आश्विन २०७९, बिहिबार


सिटिजन्स बैंकले १६ औं वार्षिक साधारण डाकेको छ ।

सभा कात्तिक ४ गते बिहान ११ बजेबाट अमृतभोग, कालिकास्थान डिल्लीबजारमा बस्ने भएको छ।

सभामा कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको ९ प्रतिशत नगद लाभांश (कर सहित) पारित गरिनेछ । साथै, आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदन माथि छलफल, पारित गर्ने र चालु आर्थिक वर्षको लेखापरिक्षण गर्नको लागि लेखापरिक्षक नियुक्ति गर्ने एजेण्डा राखिएको छ । सभामा अन्य बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज २८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज २७ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

प्रकाशित : १३ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह