Logo

बैंक / बिमा /शेयर

गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा


GDP नेपाल
   १३ आश्विन २०७९, बिहिबार


गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाएको छ । सभा कात्तिक ४ गते तीनकुने स्थित प्रधान कार्यालयमा बस्ने भएको छ ।

सभाले आर्थिक वर्ष २०७६।७७ को नाफाबाट हाल कायम चुक्ता पूंजी २ अर्ब ८ करोडको ७.४४ प्रतिशतले हुन आउने १५ करोड ५१ लाख २० हजार बराबरको बोनस सेयर र कर बापत ०.३९ प्रतिशतले हुने ८१ लाख ६४ हजार २०० रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

यस्तै, वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने र लेखा परीक्षकको प्रतिवेदन सहित २०७७ साल असार मसान्तको वासलात तथा नाफा नोक्सान हिसाब पारित गर्नेछ ।

प्रकाशित : १३ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह