Logo

बैंक / बिमा /शेयर

डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ती गर्ने


GDP नेपाल
   २३ आश्विन २०७९, आइतबार


डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ ।

चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्सले काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आदर्श लघुवित्तलाई प्राप्ति गर्न लागेको हो । दुई लघुवित्तबीच १४ असोजमा एक्विजिसन गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा डिप्रोक्स लघुवित्तको तर्फबाट सञ्चालक समिति अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तको तर्फबाट सञ्चालक समिति अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन् । डिप्रोक्समा गाभिने सम्झौतासँगै २३ असोज बिहीबारदेखि नेप्सेमा आदर्श लघुवित्तको सेयर कारोबार पनि रोक्का भएको छ ।

प्रकाशित : २३ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह