Logo

बैंक / बिमा /शेयर

आशा लघुवित्तको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २३ आश्विन २०७९, आइतबार


आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले ७ लाख ८९ हजार ९०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बिक्रीमा आएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

यो लिलामी सेयरमा संस्थाका संस्थापक सेयरधनीका साथै अन्य योग्य व्यक्ति, कम्पनी तथा विभिन्न संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्ने अन्तिम मिति यही असोज ३१ गतेसम्म तोकिएको छ ।

प्रकाशित : २३ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह