Logo

बैंक / बिमा /शेयर

ठिमी र कपनमा सानिमा बैंकको नयाँ शाखा


GDP नेपाल
   २३ आश्विन २०७९, आइतबार


सानिमा बैंक लिमिटेडले आश्विन १४ गते ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवाविस्तार गरेको छ । उक्तशाखाहरुको समुद्घाटनब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका संचालक भरत कुमार पोख्रेलले संयुक्त रुपमा गरेका थिए ।

समुद्घाटन् समारोहमा मह जोडीले ठिमी र कपनमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैकको रुपमानिरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए । सानिमा बैंकको देशका सातै प्रदेशमा १२९कार्यालयहरुर १२० वटा एटिएम संजालहरु संचालनमा रहेका बैकले जनाएको छ ।

प्रकाशित : २३ आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह