Logo

बैंक / बिमा /शेयर

३० अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक


GDP नेपाल
   २७ आश्विन २०७९, बिहिबार


नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको अभाव कम गर्न

राष्ट्र बैंकले असोज २७ गतेदेखि कात्तिक ३ गतेसम्मको लागि रिपो जारी गर्न लागेको हो । रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले यसमा आज (असोज २७ गते) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सक्नेछन् । यो रिपो कात्तिक ३ गते परिपक्क हुनेछ ।

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न केन्द्रीय बैंकले रिपो जारी गर्दै आएको छ।

प्रकाशित : २७ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह