Logo

बैंक / बिमा /शेयर

समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्सबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का


GDP नेपाल
   २७ आश्विन २०७९, बिहिबार


समीट लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने सम्झौता भएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० मा केन्द्रीय कार्यालय रहेको समीट र धादिङ निलकण्ठ नगरपालिका ३ मा केन्द्रीय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्सबीच बुधबार मर्जरमा जाने सम्झौता भएको हो ।

दुई संस्थाबीच १ः०.८२ शेयर स्वाप रेसियोमा सहमति भएको हो ।

मर्जरपछि संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुख कार्यकारी अधिकृतमा रामबहादुर यादव रहने छन् । सञ्चालक समितिमा नेशनलबाट ४ जना र समिटबाट २ जना तथा एक जना स्वतन्त्र सञ्चालक हुने सहमति भएको छ ।

मर्जरपछि नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा कारोबार हुने भएको हो ।

त्यस्तै, संस्थाको चुक्तापूँजी १ अर्ब भन्दा बढी हुने, ग्राहक सदस्य संस्या २ लाख भन्दा बढी, कर्जा रकम १७ अर्ब भन्दा बढी र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरुमा विस्तार भई कुल शाखा संख्या २०४ पुग्ने छ । मर्जर सम्झौता भएसँगै नेप्सेले दुबै संस्थाको सेयर कारोबार रोक्का गरेको छ ।

प्रकाशित : २७ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह