एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले लाभांश घोषणा गरेको छ ।
योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट कर सहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यता, फन्डले लाभांश वितरण प्रयोजनको लागि कात्तिक १५ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, कात्तिक १४ गतेसम्म कायम इकाईधनीले लाभांश (प्रतिफल) पाउनेछन् ।
प्रतिक्रिया