Logo

बैंक / बिमा /शेयर

प्रभु बैंकका ग्राहकलाई बैना दोहोरी साझँमा १० प्रतिशत छुट


GDP नेपाल
   १ कार्तिक २०७९, मंगलबार


प्रभु बैंक लिमिटेड र बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घरबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट बगर शाखा कार्यालय प्रमुख अर्जुन शर्मा र बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घरका तर्फबाट निर्देशक गोविन्द बहादुर घर्ती मगरले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

न्युरोड, पोखरास्थित रहेको बैना रेस्टुरेण्ट र प्रभु बैंकबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले बैना दोहोरी साझँमा “फुड”,“वेभरेज” र “दोहोरी” सेवामा १० प्रतिशत छुट पाउने भएका छन् ।

उक्त सम्झौता अन्तर्गत बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घरमा सुविधा लिन चाहाने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

प्रकाशित : १ कार्तिक २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह