Logo

बैंक / बिमा /शेयर

लाभांश पारित गर्न रु रु जलविद्युतले बोलायो साधारण सभा


GDP नेपाल
   २ कार्तिक २०७९, बुधबार


रु रु जलविद्युत् परियोजना लिमिटेडले साधारण सभा बोलाएको छ ।

कम्पनीले कात्तिक ४ गते १७ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा थापा गाउँ नयाँबानेश्वरमा अपराह्न १ बजे सुरु हुने छ । सभामा १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।

त्यसैगरी आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज २७ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असोज २६ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह