Logo

Sub-banner

१० करोड लगानीमा डम्पिङ साइट बनाउँदै पैयूँ गाउँपालिका


GDP नेपाल
   २ कार्तिक २०७९, बुधबार


दक्षिण पर्वतको पैयूँ गाउँपालिकाले रु १० करोडमा डम्पिङसाइट बनाउने भएको छ । गाउँपालिकाका बजार क्षेत्रको फोहरमैलालाई व्यवस्थापन गर्नका लागि डम्पिङ साइट बनाउन थालिएको हो । पालिकाका विभिन्न क्षेत्रमा बजारीकरण बढ्दै जाँदा फोहर व्यवस्थापनमा चुनौती बनिरहेका बेला वडा नं ५ मा स्थानीयवासीले निःशुल्क प्रदान गरेको जग्गामा पूर्वाधार निर्माण गरिने भएको हो ।

गाउँपालिकाभित्रको फोहरमैला व्यवस्थापनको लागि करिब रु १० करोड लागतमा व्यवस्थापन परियोजना निर्माण गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिनुभयो । जसका लागि गाउँपालिका–५ का वडावासीले जग्गा प्रदान गरेको उहाँले बताउनुभयो ।

वडा नं ५ को भूर्तेलथोकस्थित खोलाखर्कमा १९ रोपनी जग्गा गाउँपालिकाले प्राप्त गरिसकेको र फोहरमैला व्यवस्थापनको बोलपत्र प्रकिया सकेर काम चाँडै सुरु गर्ने पैयूँ गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताउनुभयो । फोहरमैला परियोजना गाउँपालिकाको गौरवको योजना रहेको र फोहरलाई मोहोरमा बदल्ने गरी कामअघि बढेको उहाँले बताउनुभयो ।

यो परियोजना सञ्चालनमा आएपछि कुहिने र नकुहिने फोहर वर्गीकरण गरी यस्लाई व्यवस्थित बनाइने भएको छ । यो परियोजना लागू भएपछि स्थानीयवासीलाई रोजगारीसमेत हुने अध्यक्ष ठकुरीले बताउनुभयो । गाउँपालिका फोहरमैला व्यवस्थापनबारे गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत गरेको छ । गाउँपालिका अन्तर्गत हातेमालोचोक, हुवारबजार, भोर्लेबजार, त्रिवेणी, सरौँ लगायतका क्षेत्रमा बजारीकरण बढ्दै गएको छ ।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह