Logo

कृषि / सहकारी

प्लास्टिक जन्य फूलगुच्छा र माल बिक्री वितरण गर्नेलाई १ लाख जरिवाना


GDP नेपाल
   ३ कार्तिक २०७९, बिहिबार


सरकारले प्लास्टिक जन्य फूलगुच्छा र माल बिक्रीवितरण गर्ने कारवाही गर्ने भएको छ ।

वन तथा वातावरण मन्त्रालयले आज एक सूचना जारी गर्दै तिहार र छठ पर्वमा प्लास्टिकजन्य फूलगुच्छा तथा माल बिक्रीवितरण गर्नेलाई १ लाख रुपैयाँसम्म जरिवाना गरिने बताएको छ । सूचनामा मन्त्रालयले गत साउन १२ गते नेपाल राजपत्रमा सूचना निकालेर सोही मितिदेखि लागू हुने गरी प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण पूर्ण रूपमा रोक लगाउने निर्णय भएको जानकारी गराएको छ ।

तिहार र छठजस्ता चाडपर्वमा त्यस्ता प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न र सरकारको निर्णयविपरीत कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र विभागबाट १ लाख रुपैयाँसम्मको जरिवाना हुनेसमेत सूचनामा उल्लेख छ ।

प्रकाशित : ३ कार्तिक २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह