Logo

बैंक / बिमा /शेयर

नेपाल इन्स्योरेन्सको लाभांश घोषणा


GDP नेपाल
   ६ कार्तिक २०७९, आइतबार


नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कात्तिक ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजी १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार ८०६ रुपैयाँको कुल ८.४२११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

जसमा ८ प्रतिशतले हुन आउने ११ करोड ३ लाख १९ हजार ६६४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४२११ प्रतिशतले हुन आउने ५८ लाख ६ हजार २९८ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण हुने छ ।

प्रकाशित : ६ कार्तिक २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह