Logo

बैंक / बिमा /शेयर

मर्ज प्रस्ताव पारित गर्न सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले डाके साधारण सभा


GDP नेपाल
   ६ कार्तिक २०७९, आइतबार


मर्जरको प्रस्तावसहित सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले साधारण सभा डाकेका छन् । दुबै कम्पनीले कार्तिक २८ गतेका लागि छुट्टा छुट्टै साधारण सभा डाकेका छन् । सूर्या लाइफको सभा होटल हैरिसन प्सालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ९ बजे सुरु हुनेछ भने ज्योती लाइफको सभा वाटरफ्रन्ट रिसोर्ट, लेकसाईड पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले मर्जर प्रयोजनको लागि स्वाप रेसियो प्रस्ताव पनि पारित गर्नेछ । जसमा सूर्या लाइफ इन्सूरेन्सको १०० कित्ता सेयर बराबर ज्योती लाइफको ८२ कित्ता ९१ः०.८२० सेयर अनुपात कायम हुनेछ ।

यस्तै, मर्जर पछि बन्ने कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहनेछ । साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव अनुमोदन पछि आवश्यक प्रक्रियाअगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिइनेछ ।

मर्जर पछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई रहनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने भएका छन् । यस्तै, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा सूर्या लाइफका सिइओ पवन कुमार खड्का हुनेछन् ।

प्रकाशित : ६ कार्तिक २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह