Logo

बैंक / बिमा /शेयर

४८ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा


GDP नेपाल
   ७ कार्तिक २०७९, सोमबार


एभरेष्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा ८६ करोड २२ लाख पुगेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ४८.९५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आवमा यसै अवधिमा ५७ करोड ८८ लाख नाफा कमाएको थियो ।

गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ७२ प्रतिशत र सञ्चालन नाफा ४८ प्रतिशत वृद्धि भएको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २२ दशमलव ६० रहेकोमा चालू आवमा बढेर रू। ३६ दशमलव ५८ पुगेको हो । त्यसैगरी चालू आवमा कम्पनीको वितरणयोग्य नाफा रू। ४ अर्ब ७१ करोड रहेको छ ।

कम्पनीको चुक्ता पूँजी ९ अर्ब ४६ करोड रहेको छ ।चालू आवमा कम्पनीले जगेडामा ८ अर्ब ९९ करोड ,रिटेण्ट अर्निङमा ४ अर्ब ७१ करोड र शेयर प्रिमियममा २३ करोड ८४ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १३ दशमलव ७८ गुणा ,तरलता अनुपात २६ दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ २४७ दशमलव ३२ रहेको छ ।

प्रकाशित : ७ कार्तिक २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह