Logo

बैंक / बिमा /शेयर

६९ प्रतिशतले घट्यो राष्ट्र उत्थान लघुवित्तको खुद नाफा


GDP नेपाल
   १६ कार्तिक २०७९, बुधबार


राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार संस्थाले पहिलो त्रैमाससम्ममा ३८ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको तुलनामा संस्थाको नाफा ६९.४६ प्रतिशतले कम हो । अघिल्लो वर्ष यसै अवधिमा संस्थाले १ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ६७.२५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ५२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेकोमा समीक्षा अवधिमा घटेर ५० लाख ९ हजार रुपैयाँमा सीमित बनेको छ ।

पहिलो त्रैमासमा संस्थाले ४ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ५ करोड १२ लाख रुपैयाँ थियो । यो हिसाबले खुद ब्याज आम्दानी पनि ७.६४ प्रतिशतले ओरालो लागेको छ ।

चुक्तापुँजी २६ करोड रुपैयाँ संस्थाको रिजर्भको आकार ४२.४० प्रतिशतले बढेर १८ करोड ५९ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा १३ करोड ६ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा संस्थाले २ अर्ब ३५ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले २ अर्ब २ करोड रुपैयाँ सापटी लिई २ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

पहिलो त्रैमासमा संस्थाको एनपीएल बढेर १.४३ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा एनपीएल १.२५ प्रतिशतमा सीमित थियो । वार्षिकीकृत संस्थाको ईपीएस ५.८८ रुपैयाँ पुगेको छ। पीई रेसियो १६१.९० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७१.५३ रुपैयाँ रहेको छ ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह