Logo

बैंक / बिमा /शेयर

इस्टर्न हाइड्रोपावरको आइपीओ बिहिबार बाँडफाँड हुने


GDP नेपाल
   १६ कार्तिक २०७९, बुधबार


इस्टर्न हाइड्रोपावरको आइपीओ बिहिबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बिहिबार बिहान ९ बजे आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड हुने भएको हो । आइपीओमा मागभन्दा २५ गूणा बढी आवेदन परेको छ ।

कम्पनीले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म कुल ६ लाख ७० हजार ३१० कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष, २ प्रतिशत अर्थात् १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ६ लाख २३ हजार २८९ कित्ता सर्वसाधारणका लागि बिक्रि खुला गरिएको थियो । आइपीओमा १३ लाख ९४ हजार ३२६ जनाले १ करोड ५७ लाख १८ हजार ४७० कित्ताका लागि आवेदन दिएका छन् ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह