Logo

बैंक / बिमा /शेयर

युनिलिभर नेपालकाे लाभांश घोषणा


GDP नेपाल
   १७ कार्तिक २०७९, बिहिबार


युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गरेको हो । कम्पनीले सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ आउँदो मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुक कलोज गर्ने भएको छ ।

यसर्थ मंसिर १ गतेसम्म (मंसिर २ गते शुक्रबार र ३ गते शनिबार) कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन् । कम्पनीले आउँदो वार्षिक साधारण सभाबाट लाभांश स्वीकृत गरी ४५ दिनभित्र सेयरधनीहरुलाई वितरण गरिने जनाएको छ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह