Logo

बैंक / बिमा /शेयर

नेडाकको प्रथम उपाध्यक्षमा पुनः के. बी. उप्रेती चयन


GDP नेपाल
   १८ कार्तिक २०७९, शुक्रबार


एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक) को प्रथम उपाध्यक्षमा राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के. बी. उप्रेती निर्विरोध चयन भएका छन् । नेडाकको प्रथम उपाध्यक्ष भइसकेका उप्रेती पुनः सोही पदमा निर्विरोध चयन भएका हुन् ।

कार्तिक–१८ गते (नोभेम्बर–४ तारिख) बैंककमा सम्पन्न साधारण सभाले तेस्रो कार्यकालको लागि उप्रेतिलाई निर्विरोध निर्वाचित गरेको हो । राष्ट्रिय सहकारी बैंककातर्फबाट उप्रेतीले नेडाकमा प्रतिनिधित्व गर्दै आएका छन् । उप्रेतीसँगै अध्यक्षमा राष्ट्रिय सहकारी विकास निगम (एनसीडीसी) भारतका प्रबन्ध निर्देशक पंकज कुमार बंसल निर्वाचित भएका छन् । बंसलसहित १९ सदस्य सञ्चालक समितिमा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल विशेष आमन्त्रित सदस्यमा निर्वाचित भएकी छिन् ।

सन् १९६३ मा स्थापना भई भारतमा सहकारी क्षेत्रको लागि विशेष रुपमा सञ्चालित नेडाकले विशेष गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ । एफएओ एनएक्स बैंककमा सचिवालय रहेको नेडाक, ९ एसियन राष्ट्रका १६ संस्थाको संजालबाट शुरु भएकोमा हाल २४ सदस्य संस्थाहरु यसमा आबद्ध रहेको छन् । नेपालको तर्फबाट राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड र केन्द्रीय कृषि सहकारी संघ सदस्य रहेका छन् । नेडाकको नयाँ कार्यसमितिको पहिलो बैठक नेपालमा गर्ने निर्णय भएको प्रथम उपाध्यक्ष उप्रेतीले जानकारी दिए ।

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह