Logo

बैंक / बिमा /शेयर

प्रभु बैंकको संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   २२ कार्तिक २०७९, मंगलबार


प्रभु बैंकको संस्थापक सेयर बिक्रिमा आएको छ । बैंकले ५० लाख १६ हजार १९९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आजदेखि ३५ दिनभित्रमा आवेदन दिनसक्नेछन् । यस सेयरको मूल्य प्रतिकित्ता १८० रुपैयाँ तोकिएको छ । तसर्थ, लगानीकर्ताले १८० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ ।

सेयर खरिद गर्न इन्छुक संस्थापकले बैंकको प्रधान कार्यालय बबरमहल काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २२ कार्तिक २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह