Logo

बैंक / बिमा /शेयर

नेशनल लाइफ इन्स्योरेन्सकाे ‘लिडर्स नाइट वीथ पारस खड्का’ कार्यक्रम सम्पन्न


GDP नेपाल
   २२ कार्तिक २०७९, मंगलबार


नेशनल लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरुका लागि लागि ३ दिने ‘लिडर्स नाइट वीथ पारस खड्का’ कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि साउन महिनामा संचालन गरेको अभिकर्ता योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीका ब्राण्ड एम्बेसडर समेत रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासँग साक्षात्कार गराउने उद्देश्य समेतले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतसुरेश प्रसाद खत्रीको सभापतित्वमा काठमाडौस्थित चन्द्रागिरी हिल्समा सम्पन्न उक्त कार्यक्रममा देशभरबाट करिब १०० जना वरिष्ठ अभिकर्ताकहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा मोटिभेसनल प्रशिक्षकसौरभ लोहनीले सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।

यस्तै कार्यक्रममा खड्काले नेपाली क्रिकेट टिमलाई यो स्थानमा ल्याई पुर्‍याउन आफ्नो तर्फबाट भएको मेहनत र संघर्ष साथै राष्ट्रिय टिमको नेतृत्व लिएपछि वहन गरेको जिम्मेवारीका बारेमा आफ्नो अनुभव जानकारी गराए । साथै उनले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीसँग आबद्ध भई कार्यक्रममा सम्मानित बिजनेश लिडरहरुसँग साक्षात्कर हुन पाउँदा खुसी लागेको बताए ।

 

प्रकाशित : २२ कार्तिक २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह