Logo

बैंक / बिमा /शेयर

पहिलो त्रैमासमा समिट लघुवित्तको नाफा एक करोड ८५ लाख


GDP नेपाल
   २३ कार्तिक २०७९, बुधबार


समिट लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा एक करोड ८५ लाख ४२ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले तीन करोड ९२ लाख ९५ हजार मुनाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी ४९ करोड ४० लाख रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा एक अर्ब ३६ करोड ७० लाख ७६ हजार रुपैया निक्षेप संकलन गरी ५ अर्ब ८९ करोड ६६ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७ करोड ८० लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम १ करोड ६५ लाख ६२ हजार रुपैयाँ रहेको छ भने निष्त्रय कर्जाको अनुपात २।२५ प्रतिशत रहेको छ ।

गत आवको सोहि अवधिमा भने संस्थाले एक अर्ब ११ करोड ५ लाख ९३ हजार रुपैया निक्षेप संकलन गरी ४ अर्ब ९४ करोड ६९ लाख ६२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह