Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंकको च्याटबट सेवा सुरु


GDP नेपाल
   २३ कार्तिक २०७९, बुधबार


डिजिटल बैंकिङ्गलाई सधै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा ग्राहकहरुका लागि वेबसाइटमार्फत च्याटबट सेवा सिटिजन्स साथीको शुभारम्भ गरेको छ ।

बैंकको यो सेवामार्फत अब ग्राहकहरूले कुनै पनि बैंकिङ्ग सेवाहरूको अनुरोध सिधै च्याटबट सेवा सिटिजन्स साथी द्वारा गर्न सक्ने छन् । ग्राहकहरूले बैंकिङ्ग सेवा सम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफर्ममार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्ने छन् ।

यो सेवा ग्राहक मैत्री हुनुका साथै ग्राहकहरूका लागी अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह