Logo

बैंक / बिमा /शेयर

सितापाइलामा सानिमा बैंककाे नयाँ शाखा


GDP नेपाल
   २५ कार्तिक २०७९, शुक्रबार


सानिमा बैंक लिमिटेडले काठमाडौंको सितापाइलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सो शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले शुक्रवार संयुक्त रुपमा गरेका छन् । उद्घाटन् समारोहमा बैंकका अध्यक्ष पौडेलले नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिने बताए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सद्भावका लागि कृतज्ञता व्यक्त गरे। यससँगै बैंकको देशका सातै प्रदेशमा १३० कार्यालयहरू र १२२ वटा एटीएमहरू संचालनमा रहेको बैँकले जनाएको छ ।

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह