Logo

बैंक / बिमा /शेयर

रुरु जलविद्युत परियोजनाकाे खुद नाफा ३ करोड ३९ लाख


GDP नेपाल
   २८ कार्तिक २०७९, सोमबार


रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा ३ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिको तुलनामा खुद नाफा १.९४ प्रतिशतले बढेको छ । गत वर्ष कम्पनीले ३ करोड ३३ लाख रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीको विद्युत बिक्रीको आम्दानी ५ करोड ४८ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, चुक्तापुँजी ४४ करोड ८४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार ११६.७५ प्रतिशतले बढेर १७ करोड २० लाख रुपैयाँको उचाइमा पुगेको छ । गत वर्ष रिजर्भमा ७ करोड ९३ लाख रुपैयाँ थियो ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २२.७३ रुपैयाँ, पीई रेसियो ३४.१० गुणा र प्रतिसेयर नेटवर्थ १३८.३५ रुपैयाँ रहेको छ ।

प्रकाशित : २८ कार्तिक २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह