सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी ९.८२ प्रतिशत घाटामा रहेको छ ।
कम्पनीले पहिलो त्रैमासमा ४ करोड ४३ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाले ४ करोड ९१ लाख ७६ हजार रूपैयाँ नाफा कमाएको थियो ।
उक्त वित्तीय विवरण अनुसार संस्थाको खुद ब्याज आम्दानी बढेपनि र सञ्चालन मुनाफा घटेका कारण नाफामा असर परेको हो । यस अवधिमा खुद ब्याज आम्दानी ७३.५८ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ९.२ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया