Logo

बैंक / बिमा /शेयर

युनाईटेड इदी मर्दीले डाक्यो साधारण सभा


GDP नेपाल
   ८ मंसिर २०७९, बिहिबार


युनाईटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ ।

कम्पनीले मंसिर २८ गते १३ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब, धारीपाटन, पोखरामा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ८ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह