माउन्टेन इनर्जी नेपालले वार्षिक साधारणसभा डोकेको छ। सभा पुस ८ गते काठमाडौँको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुने भएको छ।
सभाले आर्थिक वर्ष २०७८/७९का लागि सञ्चालक समितिबाट प्रस्तावित प्रतिसेयर १०.५२६३ रुपैयाँ नगद लाभांश स्वीकृत गर्नेछ।
सोही सभाले संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिको निर्वाचन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु अनुमोदन गर्नेछ।
सभा प्रयोजनका लागि कम्पनीले यही मंसिर २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन् ।
प्रतिक्रिया