Logo

बैंक / बिमा /शेयर

दोहोरो अंकले घट्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   १२ मंसिर २०७९, सोमबार


सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १५.६१ अंकले घटेर एक हजार ९५०.३७ विन्दुमा पुगेको छ ।

आज बैंकिङ १०, विकास बैंक ४८, फाइनान्स २४, होटल तथा पर्यटन १६, जलविद्युत् २५, माइक्रोफाइनान्स १५, अन्य १६, जीवन बीमा उपसमूह ६४, उत्पादन ७४, र निर्जीवन बीमा उपसमूह १३ अंकले घटेको छ । त्यस्तै, आज व्यापार उपसमूह २ र म्यूचुअल फन्ड ०.३३ अंकले बढेको छ ।

आज सबैभन्दा सिनर्जी पावर डेभलप्मेन्ट र ओरियन्टल होटल्स लिमिटेडको सेयर ४ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आज खप्तड लघुवित्त वित्तिय संस्थाको सेयर ८ प्रतिशतले बढेको छ ।

यस दिन २३६ कम्पनीको ३७ लाख कित्ता सेयर एक अर्ब ४९ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १२ मंसिर २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह