Logo

Sub-banner

सडक छेउमा पार्किङ निषेध भएपछि आन्दोलनमा उत्रिए बागबजारका व्यापारी


GDP नेपाल
   १५ मंसिर २०७९, बिहिबार


काठमाडौँ महानगरपालिकाले बागबजार क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरेपछि व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् ।

सडक छेउमा गरिएको पार्किङले यातायात सञ्चालनमा समस्या देखिएपछि महानगरपालिकाले सो क्षेत्रका सडकमा पार्किङ निषेध गरेको थियो ।

व्यापारीहरुले भने महानगरको यस निर्णयमा असहमति जनाउँदै आन्दोलनमा उत्रिएका छन् । आफूहरुले घरबहाल तथा व्यवासाय कर तिर्ने गरेको बताउँदै व्यापारीहरुले महानगरले पार्किङको विकल्प दिनुपर्ने नभए सडक छेउमा पार्किङ गर्न पाउनु पर्ने माग राखेका छन् ।

व्यापारीहरु आन्दोलनमा उत्रिएसँगै आज सो क्षेत्रका सबै पसलहरु बन्द छन् ।

प्रकाशित : १५ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह