Logo

बैंक / बिमा /शेयर

एनआरएन इन्फ्रास्टक्चरको लाभांश घोषणा


GDP नेपाल
   १८ मंसिर २०७९, आइतबार


एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चक्तापूँजीको आधारमा ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २२ करोड ३२ लाख ११ हजार रहेको छ । सोही पूँजीको आधारमा ६ करोड ४३ लाख ४० हजार बराबरको नगद लाभांश कम्पनीले वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश सहितका अन्य विविध प्रस्ताव पारितका लागि पुस २० गते १०औं वार्षिक साधारण सभा गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।

उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस ५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ४ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : १८ मंसिर २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह