Logo

बैंक / बिमा /शेयर

धौलागिरी र खप्तड लघुवित्तबीच मर्जर सम्झौता


GDP नेपाल
   १८ मंसिर २०७९, आइतबार


धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्तबीच मर्जर सम्झौता भएको छ ।

सम्झौतामा धौलागिरी लघुवित्तका अध्यक्ष इश्वरलाल राजभण्डारी र खप्तड लघुवित्तका अध्यक्ष सुमनप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार मर्जर पश्चात बन्ने कम्पनीको नाम धौलागिरी लघुवित्त रहने छ भने अध्यक्षमा धौलागिरी लघुवित्तका अध्यक्ष इश्वरलाल राजभण्डारीले निरन्तरता दिनेछन् ।

सम्झौतासँगै मर्जरको लागि मर्जर संयोजक समिति गठन भएको छ। समितिको सदस्यहरूमा धौलागिरीबाट संचालकद्वय हरि प्रसाद शर्मा र सिर्जना थापा रहेका छन् भने खप्तडबाट संचालकद्वय रणदेव कृष्ण श्रेष्ठ र डबल बहादुर शाह रहेका छन्।

प्रकाशित : १८ मंसिर २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह