Logo

बैंक / बिमा /शेयर

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द डालो रेष्ट्रो’मा १० प्रतिशत छुट


GDP नेपाल
   १९ मंसिर २०७९, सोमबार


मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले बसुन्धराको ‘द डालो रेष्ट्रो’मा आकर्षक छुट पाउने भएका छन् ।

बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी दुवै पक्षबीच सम्झौता भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतासँगै मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले बसुन्धराको ‘द डालो रेष्ट्रो’ मा फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित : १९ मंसिर २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह