Logo

बैंक / बिमा /शेयर

एनआईसी एशिया क्यापिटलको ९९९ रुपैयाँमा लाइफटाइम डिम्याट खाता


GDP Nepal
   २० मंसिर २०७९, मंगलबार


काठमाडौं । एन आई सी एशिया क्यापिटलले ९९९ रुपैयाँमा वैदेशिक रोजगार डिम्याट खाता खोल्नुसकिने सुविधा ल्याएको छ ।

वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा जान लागेका नेपालीहरुलाई न्यून शुल्कमा डिम्याट खाता खोलि नविकरण गर्ने झनझटबाट मुक्त हुनको लागि एन आई सी एशिया क्यापिटलले पे वान टाइम, फरगेट फर लाइफटाइम भन्ने मुल नाराका साथ “एन आई सी एशिया ९९९ वैदेशिक रोजगार डिम्याट खाता” योजना सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत हाल संचालनमा रहेका खातावालाहरुले समेत मात्र ९९९ रुपैयाँ भुक्तानी गरी डिम्याट खाता आजीवनको लागि नविकरण गर्न सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुको लागि छुट्याई बाँडफाँड गर्नु पर्ने व्यवस्था गरिसकेको छ ।

योजना अन्तर्गत डिम्याट खाता खोल्नको लागि एन आई सी एशिया क्यापिटलको वेबसाइटमा क्लिक गरि रितपुर्वक विवरण भरी उक्त विवरण सबमिसन भए पश्चात डिम्याट खाता नम्बर यथासिघ्र उपलब्ध गराईने जनाइएको छ ।

लाइफटाइम डिम्याट खाता खोल्नको तथा नविकरण गर्नका लागि एनआईसी क्यापिटलको नाममा एन आई सी एशिया बैंक लिमिटेड, थापाथली, काठमाण्डौमा रहेको बैंक खातामा ९९९ रुपैयाँ जम्मा वा रकमान्तरण गरी वा अनलाईन भुक्तानी माध्यमहरु मार्फत भुक्तानी गर्न सकिने छ ।

प्रकाशित : २० मंसिर २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह