Logo

कृषि / सहकारी

खाद्य संस्थानले शुक्रबारदेखि किसानको धान खरिद गर्ने


GDP नेपाल
   २१ मंसिर २०७९, बुधबार


राजापुरस्थित खाद्य व्यवस्था व्यापार केन्द्रले शुक्रबारदेखि किसानको धान खरिद गर्ने भएको छ । केन्द्रबाट बजेट निकासा भएकाले खाद्यले धान खरिद गर्न लागेको हो ।

बजेटसँगै निर्देशन पनि आएकाले धान खरिद गर्ने प्रक्रिया अघि बढाइएको उक्त केन्द्रको राजापुरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख धर्मराज पन्तले बताउनुभयो । यस वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मसिनो धान तीन हजार एक सय २८ रुपैयाँ मूल्य तोकेको छ । कम्पनीले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।

बर्दियाको गुलरियास्थित एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले यस वर्ष ५० हजार दुई सय ५० हेक्टर जमिनमा धान खेती गरिएको र विगतका वर्षभन्दा बर्दियामा यसपटक धानको उत्पादन बढ्ने अनुमान गरेको थियो । पश्चिम नेपालमा सबैभन्दा बढी धान उत्पादन हुने राजापुर नगरपालिका र गेरुवा गाउँपालिका हो ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह