Logo

बैंक / बिमा /शेयर

लाभांश पारित गर्दै बैंक अफ काठमाण्डूको साधारणसभा सम्पन्न


GDP नेपाल
   २३ मंसिर २०७९, शुक्रबार


बैंक अफ काठमाण्डूको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट २०७९ असार मसान्तसम्ममा बैंकको कायम भएको चुक्तापुँजीको ६ प्रतिशतका दरले बोनस सेयर र करसहित १४.९५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ । यस्तै, नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार तयार गरिएको वित्तीय विवरणहरू पनि स्वीकृत गरेको छ ।

साधारणसभाले बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबीच मर्जर प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गरी मूल्यांकनकर्ताले सिफारिस गरेको सेयर स्वाप अनुपात १ः१ मा रही मर्जरसम्बन्धी विषयमा सञ्चालक समितिबाट भएका निर्णयहरू पारित गरेको छ ।

प्रकाशित : २३ मंसिर २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह