Logo

Sub-banner

बर्दघाटमा औद्योगिक व्यापार मेला हुने


GDP नेपाल
   २६ मंसिर २०७९, सोमबार


नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाटमा औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । यही पुस १ देखि ११ सम्म बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको छैटौँ संस्करण आयोजना हुन लागेको हो ।

मेलामा दुई सय कक्ष रहने र रु तीन करोड बराबरको कारोबार हुने अनुमान गरिएको बर्दघाट उद्योग वाणिज्य सङ्घका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनुभयो । करिब डेढ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएको मेलाको आवश्यक तयारी तीव्ररुपमा भइरहेको उहाँको भनाइ छ ।

“यसवर्ष मेलामा विशेष आकर्षणका रुपमा भलिबल प्रतियोगिता, जातजातिबीचको भेषभूषामा नेतृत्व प्रतियोगिता र भजनकीर्तन प्रतियोगिता रहनेछन्”, उहाँले भन्नुभयो ।

मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडीबुटी तथा कृषि उत्पादन, शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तीय संस्था, होटल तथा रेष्टुराँ, बालउद्यानलगायतका कक्ष रहने उहाँले जानकारी दिनुभयो । मेलामा कृषि, हस्तकला, घरेलु उत्पादन तथा महिला उद्यमीका कक्ष निःशुल्क रहने छन् ।

सङ्घका महासचिव दिनेश न्यौपानेले नवलपरासी जिल्लालाई कृषि, पर्यटन एवं औद्योगिक जिल्लाका रुपमा परिचित गराउन मेला आयोजना गर्न लागिएको बताउनुभयो ।

स्थानीय उत्पादनको बजार विस्तार र स्वदेशी उत्पादनको प्रवर्द्धनमा मेलाले महत्वपूर्ण टेवा पुर्‍याउने आयोजकको भनाइ छ । मेलामा ७० वर्षमाथिका नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

प्रकाशित : २६ मंसिर २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह