Logo

Uncategorized

गुराँस लघुवित्तको लाभांश घोषणा


GDP नेपाल
   २८ मंसिर २०७९, बुधबार


गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ९ करोड ७५ लाख रुपैयाँको कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा ४ प्रतिशतले हुन आउने ३९ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ लाख ५ हजार २६३ रुपैयाँबराबरको नगद लाभांश छन् ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने छ।

प्रकाशित : २८ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह