Logo

Sub-banner

सौन्दर्यकला व्यवसायी संघको अध्यक्षमा पुन: कमला श्रेष्ठ निर्वाचित


GDP नेपाल
   ३ माघ २०७९, मंगलबार


सौन्दर्यकला व्यवसायी संघको १५ साधारण सभा तथा पाँचौ महाधिवेशन सम्पन्न भएको छ । चितवनको सौराहास्थित होटल गंगोत्रीमा सम्पन्न सभाले संघको अध्यक्षमा पुन: कमला श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो ।

यस्तै, सभाले ६ वटै प्रदेशका लागि उपाध्यक्ष चयन गरेको छ । प्रतिज्ञा राणा (बाग्मति),लिला राई (प्रदेश नं १) , सन्दीप श्रेष्ठ (मधेश) , अनिल दास (सुदुरपश्चिम), सर्मिला खत्रि (लुम्बिनी) र सोनम गुरुङ (गण्डकी) प्रदेशबाट उपाध्यक्षमा निर्विरोध चयन भएका छन् । सदस्यमा लक्ष्मी श्रेष्ठ,निशा शाक्य, मिना खड्का र अन्जना पराजुली चयन भएका छन् ।

 

कार्यक्रमका विशिष्ठ अतिथी उद्योग वाणिज्य महासंघका निवर्तमान वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले सौन्दर्यकलालाई पाठ्यक्रममा समेट्नु पर्नेमा जोड दिनुभयो । यस्तै, आगामी दिनहरुमा यस क्षेत्रको विकासका लागि सौन्दर्य प्रसादन सम्बन्धि ल्याव टेष्ट फ्रि अफ कष्ट उपलब्ध गराउने श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, संघका अध्यक्ष कमला श्रेष्ठले सौन्दर्यकला क्षेत्रमा देखिएका तमाम समस्यालाई समाधान गर्दै यसलाई अझै मर्यादीत बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सौन्दर्य पाठ्यक्रममा विद्यार्थीहरुलाई प्रयोगात्मक परिक्षाका लागि ल्याव आवश्यक पर्ने हुँदा ल्यावको व्यवस्थापनका लागि सरकारसँग आग्रह समेत गर्नुभयो ।

प्रकाशित : ३ माघ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह