Logo

बैंक / बिमा /शेयर

कालिका लघुवित्तले १९ प्रतिशत बोनस सेयर दिने


GDP नेपाल
   ९ माघ २०७९, सोमबार


कालिका लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई उक्त बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल चुक्ता पुँजी ३१ करोड २८ लाख ७५ हजार रुपैयाँ रहेको लघुवित्तले १९ प्रतिशतका दरले हुन आउने ५ करोड ९४ लाख ४६ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो ।

यस्तै, १ प्रतिशतका दरले हुन आउने ३१ लाख २८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित : ९ माघ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह