Logo

बैंक / बिमा /शेयर

आइएमई जनरल इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा सम्पन्न


GDP नेपाल
   ९ माघ २०७९, सोमबार


आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २५औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा खेल्ने रणनीतिको बारेमा जानकारी गराएका थिए ।

उनले कम्पनीको पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङ सहितको ११ तल्ले भवन निर्माणको क्रममा रहेको र निर्माण सम्पन्न पश्चात उक्त भवनबाट कम्पनीले करिब ४ देखि ५ करोड वार्षिक आम्दानी गर्ने जानकारी गराए ।

त्यसै गरी कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने बताए र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आ.व. मा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी दिए ।

यस्तै, कम्पनीले गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको छ । जानकारी दिँदै उनले सबै शेयरधनीहरुलाई धन्यवाद व्यक्त गरे ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको साधारण सभामा सम्पूर्ण शेयरधनीलाई स्वागत गर्दै ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारीको टिमको सहयोगबाट कम्पनी अघि बढिरहेको बताए ।

बीमाको पहुँचलाई देशको सबैक्षेत्रमा पुर्‍याउने हेतुले हामीले ७ वटै प्रदेशबाट ग्राहक महानुभावहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेका छौँ । बीमा अर्थतन्त्रको एक उत्कृष्ठ हिस्सा बनिरहेको वर्तमान परिप्रेक्षमा यसको पहुँच विस्तार तथा विकासको लागि हरसम्भव प्रयत्न गर्दै आईरहेको जानकारी गराउनुभयो । आगामी दिनहरुमा डिजीटलाइजेसनको माध्यमबाट गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य सहित कम्पनी अगाडी बढी रहेको । आ.व. २०७७/७८ मा रु. १ अरब ५२ करोड ११ लाख बीमा शुल्क आर्जन गरेकोमा

समीक्षा बर्षमा रु. १ अरब ७७ करोड १६ लाख बीमाशुल्क आर्जन गरी गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा शुल्क वृद्धि भएको जानकारी गराउनु भयो भने चालु आ.व.को पौष मसान्तसम्ममा कम्पनीले कूल ९० करोड २५ लाख बीमाशुल्क आर्जन गरिसकेको छ उनले सभामा भने ।

श्रेष्ठले नियमनकारी निकायको निर्देशन सहित लघु बीमा, कृषि तथा पशु बीमा लगायत पारिवारिक स्वस्थ्य बीमालाई अगाडी बढाउँदै बीमा सेवालाई जनस्तरसम्म पु¥याउनको लागि ७ वटै प्रदेशहरुमा रहेका शाखाहरु मार्फत सेवा विस्तार गरेको पनि जानकारी दिए ।

यस्तै, कार्यक्रम संचालक समितिका अध्यक्ष ह हेमराज ढकालले कम्पनीको बार्षिक साधारण सभामा भाग लिएर विभिन्न सुझाव दिने सबैलाई धन्यवाद व्यक्त गरे ।

प्रकाशित : ९ माघ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह